Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भिसा इन्टरनेसनलबाट सम्मानित


  • मंगलबार, असोज ८ २०८१

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भिसा इन्टरनेसनलबाट सम्मानित

    काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा ‘एक्सेलेन्स इन न्यू पेमेन्ट फ्लोज इस्युर’बाट सम्मानित भएको छ।

    काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआइएमबी सम्मानित भएको हो। विगत ४ दशकदेखि ग्राहकहरूलाई गुणस्तर सेवा दिँदै आएको एनआइएमबीले आगामी दिनहरूमा पनि आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ।

    हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटिएम रहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij