Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रास्वपा कार्यकर्तालाई मुकुलले भने – सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस्


  • सोमबार, असोज ७ २०८१

  • रास्वपा कार्यकर्तालाई मुकुलले भने – सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस्

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा . मुकुल ढकालले रबि लामिछानेलाई रास्वपा कार्यकर्ताहरुले जोगाउन नहुने बताएका छन । सहकारी ठगीमा संसदिय समितिको सिफारिसमा कारवाहीको दायरामा परेका लामिछानेलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरेको घटनालाई इंगित गर्दै ढकालले भनेका छन – ‘हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानुनभन्दा माथी कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् ।’प

    छिल्लो समय पार्टीले कारवाही गरेपछि सभापति लामिछाने प्रति कडा टिप्पणी गर्दै आएका ढकालले भनेका छन –

    प्रिय रास्वपा मित्रहरु !

    हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन; बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानुनभन्दा माथी कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् । विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागी पार्टी प्रयोग हुनुहुँदैन, गर्नुहुँदैन । 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij