Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एभरेष्ट बैंकको लाभांश घोषणा


  • शुक्रबार, भाद्र २१ २०८१

  • एभरेष्ट बैंकको लाभांश घोषणा

    काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको भदौ २१ गते  बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक  वर्षका लागि लाभांश घोषणा गरेको हो ।

    बैठकले गत आव २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

    हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रहेको छ। नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij