Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सार्फीको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी


  • बुधबार, भाद्र १९ २०८१

  • सार्फीको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी

    काठमाडौं – साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुसन इनिसिएटिभ (सार्फी) को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ। नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सार्फीको अध्यक्ष चयन भएका छन्।

    मध्य अमेरिकी मुलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर २०२४ देखि जारी एलाइन्स फर फाइनान्सियल इन्क्लुसन एफआई ग्लोबल पोलिसी फोरमको बैठक चलिरहेको छ।

    सो बैठकअन्तर्गत बुधबार आयोजित १५औं सार्फी लिडर्स राउण्डटेबलका क्रममा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो। सो अवसरमा गभर्नर अधिकारीले भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरेका छन्। बैठकले स्टेट बैंक अफ अफ पाकिस्तानलाई सार्फीको उपाध्यक्ष चयन गरेको छ।

    यसअघि सार्फीको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए। सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ग्लोबल पोलिसी फोरमको १२औं बैठकका क्रममा सार्फी स्थापना भएको थियो।

    नेपाल राष्ट्र बैंकसहित बंगलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन्। क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाई अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सार्फी स्थापना गरिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij