काठमाडौं – नेपाली बजारमा आज बिहीबार सुनको मूल्य हालसम्मकै महँगो भएको छ । आज छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो सुनको मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
