काठमाडौं – सहकारी ठगी सम्बन्धी संसदिय विषेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने संग ९ घण्टा लामो बयान लिएको छ । समितिले उनी संग सहकारी ठगी सम्बन्धी ५० प्रश्न राखेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कमा आफु प्रबन्ध निर्देशक रहे पनि आर्थिक स्रोत जुटाउने जिम्बेवारीमा नरहेको जवाफ दिएका छन । उनले नेटवर्कका अध्यक्ष जीवी राईले नै सबै आर्थिक व्यवस्थापन गर्दै आएको बताएका थिए । समितिले उक्त मिडिया का संचालक रहेका पूर्व डिआइजी छविलाल जोशीसंग पनि बयान लिएको थियो |
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
