Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २.११ अकंले बढ्यो


  • बुधबार, भाद्र ५ २०८१

  • नेप्से २.११ अकंले बढ्यो

    काठमाडौं–  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.११ अकंले बढेर २९६८.४४ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ५११ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

    यसदिन फाइनान्स कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । फाइनान्स समूहको शेयर मूल्य सर्वाधिक ४.९९ प्रतिशतले बढेको छ । साथै, बैंकिङ समूहको ०.५९ प्रतिशत, विकास बैक समूहको ०.७२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१२ प्रतिशत, अन्य समूहको ०.१८ प्रतिशत र अन्य समूहको शेयर मूल्य घटेको छ ।

    बुधबार पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज १०० कम्पनीको शेयर मूल्य बढ्दा १४० कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij