काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज प्रति तोलामा २ हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, मंगलबार चाँदीको मूल्य प्रति तोलाको १ हजार ७४० रुपैयाँमा कायम भएको छ । चाँदीको सोमबार मूल्य प्रतितोला १ हजार ७१५ रुपैयाँ कायम रहेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
