काठमाडौं – प्रहरीले जुवा खालबाट पूर्वमन्त्री, कलाकार सहित ११ जनालाई पक्राउ गरेको छ । काठमाडौँको गौरीघाट वाट प्रहरीले कोशि प्रदेशका पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सहित कलाकार पुरुशोत्तम शर्मा छन । राजभण्डारी अहिले पनि कोशी प्रदेश सभाका सांसद हुन ।
पक्राउ पर्ने अन्यमा उत्तम प्रसाद राई, बीर बहादुर राई, अनिष तामाङ, ठूला तामाङ, दीपक खड्का, भीम बहादुर साम्बाहाम्फे, रबी श्रेष्ठ, राजु महत र माधव थापा रहेका छन्। प्रहरीले थप कारवाही अघि बढाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
