काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। आज सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
