काठमाडौं – नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनित गरेको छ । विहिवार बसेको सचिवालय बैठकले स्थीयी समिति सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनयन गरेको छ । एमालेले प्रदेश इन्चार्ज समेत तोकेको छ । जसमा कोसी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराईलाई जिम्मा दिइएको छ ।
त्यस्तै, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् । एमालेले १७ जना केन्द्रीय सदस्य समेत मनोनयन गरेको छ ।
केन्द्रीय सदस्यको सुचि यस्तो छ ।
१. सुवास कर्माचार्य – सिन्धुपाल्चोक
२. कुन्दन कुशवाह,
३. जितेन्द्र देव – सुनसरी
४. रामप्रीत पासवान – सिरहा
५. कृष्णभक्त पोखरेल – चितवन
६. कमलकृष्ण तिमिल्सिना – अछाम
७. गोविन्द पुन – सल्यान
८. केदार सिग्देल – तनहुँ
९. मनमोहन पौडेल – पर्वत
१०. भरदेव जोशी – दार्चुला
११. हरि उप्रेती – सर्लाही
१२. इन्द्र भण्डारी – झापा
१३. महेश बर्तौला – मकवानपुर
१४. सरिता भुसाल – किसान महासंघ
१५. प्रभा बराल – कास्की
१६. मञ्जु शर्मा चालिसे – बागलुङ
१७ आशा जवेगु – पाँचथर
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
