Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


  • आइतबार, साउन १३ २०८१

  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ७३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij