काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.७६ अकंले घटेर २०७६.४९ बिन्दुमा बन्द भएको छ । यसदिन ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.१६ प्रतिशत, विकास बैंक समूहको ०.८७ प्रतिशत, फाइनान्स समूहको १.०४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७२ प्रतिशतले शेयर मूल्य घटेको छ ।
सर्वाधिक कारोबार बरुण हाइड्रोपावरको भएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
