Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अरुण तेस्रो जलविद्युतका एक मजदुरको पहिरोले पुरिएर मृत्यु, दुईजना घाइते


  • बुधबार, जेष्ठ ३० २०८१

  • अरुण तेस्रो जलविद्युतका एक मजदुरको पहिरोले पुरिएर मृत्यु, दुईजना घाइते

    काठमाडौं– संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।
    मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

    उनका अनुसार अन्य दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा मकवानपुरका उमेश कार्की र गोविन्द थारू छन् । उनीहरुको उपचार हाइड्रोपावरकै क्लिनिकमा गरिएको थियो । कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij