काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२६ अकंले बढेर १९७४.५० बिन्दुमा बन्द भएको छ । आइतबार ३११ कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १५ करोड ५१ लाखद ४२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १० उपसूचकमा हरियाली आएको छ । आइतबार निर्जीवन बीमा समूहको २.६४ प्रतिशत, विकास बैंक समूहको १.०४ प्रतिशत, जीवन बीमा समूहको १.२५ प्रतिशत, बैंकिङ समूहको ०.४३ प्रतिशत, हाइड्रोपावर समूहको ०.१६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
