Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सबैको र साधना लघुवित्तबीच मर्जर सम्झौतामा अन्तिम हस्ताक्षर


  • बिहिबार, बैशाख १३ २०८१

  • सबैको र साधना लघुवित्तबीच मर्जर सम्झौतामा अन्तिम हस्ताक्षर

    काठमाडौँ – सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएका छन् । यी दुई संस्थाबिच मर्जरको लागि अन्तिम सम्झौता सम्पन्न भएको छ ।

    साधना लघुवित्तको फागुन १९ गते भएको वार्षिक साधारण सभाबाट मर्जरको काम अगाडि बढाएको थियो । यी दुई संस्थाबिच बुधवार मर्जरका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    यिनीहरूले १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् । साधना लघुवित्त र सबैको लघुवित्त मर्जरपछि बन्ने सबैको साधना लघुवित्तको सीईओ केशव कुमार पौडेल बन्ने छन् । सीईओ पौडेलले हाल सबैको लघुवित्तको नेतृत्व गर्दै आएका छन् । त्यस्तै साधना लघुवित्तका सीईओ रेशम न्यौपाने भने डीसीईओ रहने छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij