काठमाडौं – बुधबार शेयर बजारमा झिनो वृद्धि भएको छ। नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा ११५ कम्पनीको शेयरमुल्य बढेको छ भने ११७ वटाको घटेको छ। १५ वटा कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।
नेप्सेमा आज ३१३ कम्पनीहरुको ७२ लाख ८४ हजार २७२ वटा कित्ता शेयर खरिद–बिक्री भई दुई अर्ब ५३ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटा समूहमात्रै बढेको छ भने अन्य १० वटा समूह घटेका छन्। बैंकिङ, वित्त र उत्पादन तथा प्रशोधन समूह बढेको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
