Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २.५३ अंकले घट्यो, ३ अर्ब ६ करोडको कारोबार


  • आइतबार, बैशाख २ २०८१

  • नेप्से २.५३ अंकले घट्यो, ३ अर्ब ६ करोडको कारोबार

    काठमाडौं – आज नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ५३ अंकले घटेर २,०२३ को विन्दुमा कायम भएको छ । आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०८ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३२० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज कारोबार भएका उपसूचकमध्ये चार उपसूचकको शेयरकारोबार बढेको छ । अन्य सम्पूर्ण उपसूचकहरु चाँही राताम्मे भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij