Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ३.४३ अंकले घट्यो, कारोबार साढे २ अर्ब


  • बुधबार, चैत्र २१ २०८०

  • नेप्से ३.४३ अंकले घट्यो, कारोबार साढे २ अर्ब

    काठमाडौं- आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव ४३ अंकले घटेर २,००६ को विन्दुमा कायम भएको छ । आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बुधबार गुराँस लघुवित्त, वीन नेपाल लघुवित्त र मानुषि लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

    बुधबार १० उपसूचक राताम्य भएका छन् । बजार झिनो अकंले ओरालो लाग्दा बैंकिङ समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको ०.६३ प्रतिशत, फाइनान्स समूहको ०.६३ प्रतिशत र होटल तथा पर्यटन समूहको ०.१८ प्रतिशतले शेयर मूल्य घटेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij