Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कान्छी आमाले गरिन दुई बर्षिया वालिकाको हत्या


  • मंगलबार, भाद्र ९ २०८३

  • कान्छी आमाले गरिन दुई बर्षिया वालिकाको हत्या

    राजविराज — सप्तरी प्रहरीले कर्तव्य ज्यान मुद्दामा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शम्भुनाथ नगरपालिका–२ कनकपट्टी टोलमा घर भई हाल शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारमा बस्दै आएका मो. इरफानका कान्छी श्रीमतीका २ वर्षीया छोरीको मृत्यु प्रकरणमा उनलाई पक्राउ गरिएको हो।
    प्रहरीका अनुसार २०८३ साल भदौ ७ गते अपराह्न ३ बजेर २० मिनेटको समयमा शम्भुनाथ नगरपालिका–३ स्थित जाहेरवालीको घर पछाडिको झाडीमा बालिकाको शव फेला परेको थियो।
    घटनाबारे जानकारी पाएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाउँदै मृतककी आमा रिबिना खातुनले दिएको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरेको जनाएको छ। प्रहरी कार्यालयमा ल्याई सोधपुछ गर्दा आरोपितले बालिकाको हत्या आफूले गरेको स्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ।
    घटनापछि रिबिना खातुनको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। आरोपितलाई सप्तरी जिल्ला अदालतबाट २०८३ भदौ ७ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
    पक्राउ परेका व्यक्ति शम्भुनाथ नगरपालिका–२ कनकपट्टी टोलमा घर भई हाल शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारमा बस्दै आएका मो. इरफानका कान्छी श्रीमतीका २५ वर्षीया छोरी मो. मुस्कान भनिने जाहिमन खातुन रहेको प्रहरी विज्ञप्तिमा उल्लेख छ।
    प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij