Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ


  • शुक्रबार, असार १९ २०८३

  • सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

    काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बत्तीसपुतली बस्ने रूपन्देही गैडहवा गाउँपालिका-८ घर भएका २० वर्षीय पवन निसादलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

     

    पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लिल भिडियो/तस्विर दुरूपयोग गरी ब्ल्याकमेल गर्नुका साथै दुःख हैरानी दिई अनुचित लाभका लागि बारम्बार दबाब समेत दिई उक्त भिडियो तथा तस्विर सामाजिक सञ्जाल ह्वाट्सएपमा पीडितका परिवारलाई पठाएको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई टोखा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।

     

    उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij