Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गगन थापा र डा. शेखर कोइराला गहन बार्तामा बस्नोस ! 


  • आइतबार, जेष्ठ १७ २०८३

  • गगन थापा र डा. शेखर कोइराला गहन बार्तामा बस्नोस ! 

    म त बेलायतमा छु। नेपालमा कांग्रेस खस्कँदा मलाई चाहिं व्यक्तिगत रूपमा यहाँ बेलायतमा केहि फरक पर्दैन किनकी म बेलायतको ठूलो कम्पनिमा सिनियर इन्जिनियर पदमा काम गरिरहेछु र बेलायतीले मलाई राम्रै पाउण्ड तलब दिइरहेका छन्।अर्को तर्फ बेलायतमा कांग्रेस, एमाले,रास्वपा, माओवादिको कुनै सिफारिशले काम गर्ने वाला छैन।म नेपाल र संग संगै कांग्रेसको पनि शान मान इज्जत गौरब बढेको हेर्न चाहन्छु। नेपालमा कांग्रेस आन्तरिक रूपमा ऐकेवद्ध हुँदा सदैब कांग्रेसले चुनाब जितेको छ।कांग्रेस एकजुट भएर चुनाबमा नजाँदा सदैब कांग्रेस चुनाबमा हारेको छ/प्रदेश र स्थानिय चुनाब निकट भविष्यमा छ।एकजुट नभई चुनाबमा जाँदा फेरी चुनाब जित्न सकिंदैन। आउने चुनाब पछि हार भएको अवस्थामा आजको हाम्रो अहंकारले काम गर्ने वाला छैन।नेपालको प्रजातान्त्रिक आन्दोलनमा देउवा भन्दा कोइराला परिवारको भूमीका उच्च छ/भारतमा गान्धीको जस्तो छ।यो त अकाट्य कुरा हो।१५००- १९५० सम्म British ले Divide र Rule गरे। अब यो Principle ले नचल्ने भए पछि १९५० देखि आज सम्म British ले Unite and Rule को अवधारणा मा गएको देखिन्छ।यो बुझ्न जरुरी छ।कांग्रेस अहिले Divide and Rule को Principle मा जानु हुन्न।म यो सब नेपालको बृहत संवृद्धि र कांग्रेसको हितको लागी लेख्दैछु।मेरो स्वार्थको लागी लेखि रहेको छैन। लोकतन्त्र संस्थागत गर्ने र नेपालको संवृद्धिको लागी त कांग्रेस नै शाषनमा हुनु पर्नेछ। शाषनमा जाने बाटो चुनाब र जन बहुमत हो।कांग्रेस एकजुट नहुँदा पुःन चुनाब जितिदैन/

     

    Principal problem is not personality or a failure to communicate our achievements.It is because we don’t have a worked-out coherent plan for the country in a fast-changing world and are in the wrong political position from which we can devise one and win near future elections.I want to see Nepal and Congress up and further up thats why I am writing as below.

     

    जे होस नेपालमा Genz आन्दोलन भयो। लोकतन्त्र भित्र गरेका खराब पक्षलाई सुधार गर्न जनताले सबक दिए।चुनाब भयो।पुराना पार्टीहरुलाई विस्थापित गर्दै नयाँ पार्टीलाई मतदान गर्दै चुनाबबाट बुहुमतमा पुऱ्याए। सरकारमा नयाँ नेतृत्व र अनुहार आएको छ। नयाँ सरकारले विगतका कमि कमजोरीलाई सुधार गर्दै भोट माग्दा आफूले बोलेको बाचा पूरा गर्न तिर लाग्नु पर्दछ ।लोकतन्त्र शाषनमा पुग्ने,प्रधानमन्त्री,मन्त्री, शाषक हुने पद्धती मात्रै होइन/यो त जनताको लागी संवृद्ध तर्फ अघि बढ्ने पद्धती हो।सबैमा शुभकामना/

    गणतन्त्र,पूर्ण समावेसी लोकतन्त्र आयो तर पनि आम निराशा ज्यूँ का त्युँ नै छ्न्।मुलुकको राजनीति कब्जियतग्रस्त छ।कब्जियत भएको मानिसको दिमागले पनि काम गर्न सक्तैन।पुरानै पीडा र रटान दोहोरिरहन्छन्।देख्नेलाई सकसक त लाग्छ तर गर्न सक्ने केही हुँदैन/राणा गए/पंचायत गयो।हुँदा हुँदै राज संस्थागयो/गणतन्त्र,पूर्ण समावेसी लोकतन्त्र आयो तर पनि आम निराशा ज्यूँ का त्युँ नै छ्न्।सबैका मुख चाउरी परिरहेछन।राजनितीमा निष्ठा हरायो।इमान्दारीता हरायो।खै के भनौं?म नबुझ्ने रहेछु।दायित्व र नैतिकता भने शब्द के रहेछ?भनि डिस्नेरीमा आज बेलुका देखी पाना पल्टाई खोज्न सुरु गरि रहेछु/

     

    सानो 14 वर्ष को बालक छोरा मलाई नैतिकता के हो?भनि उसले स्कुलबाट सिके अनुसार मलाई सिकाउन खोजी रहेछ तर म बिचरा बुझ्न सकिरहेको छैन।कठै बरा म?नेतृत्वमा रहेका नेताहरूले जस्तो तहबाट गल्ती, कमजोरीहरु गरेको भए पनि त्यसलाई आत्मालोचना गर्ने र आगामी दिनमा सहिदको बलिदान,लाखौं कार्यकर्ताले निस्वार्थ रूपमा गरेका अथक परिश्रम र योगदान तथा जनताप्रतिको उत्तरदायित्वलाई मनन गरी असल हुन जरुरी छ।नेताहरुले आफ्ना गुट र उपगुटगत निहित स्वार्थभन्दा माथि उठेर जनता र राष्ट्रको हितमा निर्णय लिनु नै बुद्धिमता हुनेछ।देशलाई सही दिशामा अगाडि बढाउन सबैले आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्न जरुरी छ।

     

    नेतृत्व कसैले विरासतमा पाएको उपहार होइन,समय अनुसार यो परिवर्तन हुन्छ।लोकतन्त्रमा सरकार शक्तिशाली भए पनि जनता सर्वशक्तिमान हुन्,जसले सत्ताको चाबी आफूसँग राखेका हुन्छन्।यतिबेला अमेरिकी पूर्व राष्ट्रपति थियोडर रुजबेल्टको भोट भनेको बन्दुक जतिकै शक्तिशाली हुन्छ,तर यसको उपादेयता प्रयोग गर्ने मान्छेमा भर पर्छ भन्ने भनाइ याद आएको छ। त्यसैले जनताले दिएको त्यो शक्तिशाली बन्दुकलाई सुशासन र समृद्धितर्फ सोझ्याएर अगाडि बड्नुपर्ने आजको प्रमुख आवश्यकता हो।

     

    बुझ्नुपर्ने कुरा के हो भने,एक्काईसौं शताब्दीका मतदाताहरु स्थिर होइनन्,चलायमान छन्।40 वर्षसम्म भारतको पश्चिम बंगालमा शासन गरेको भारतीय कम्युनिस्ट पार्टी आज 0 सिटमा र सन् १९८४ मा जम्मा दुई सिट प्राप्त गरेको भारतीय जनता पार्टीले आज ३०३ सिटसहित प्रचण्ड बहुमत हासिल गरेको तथ्य हेक्का राख्नुपर्छ।नेतृत्वमा रहेका नेताहरूले जस्तो तहबाट गल्ती कमजोरीहरु गरेको भए पनि त्यसलाई आत्मालोचना गर्ने र आगामी दिनमा सहिदको बलिदान,लाखौं कार्यकर्ताले निस्वार्थ रूपमा गरेका अथक परिश्रम र योगदान तथा जनताप्रतिको उत्तरदायित्वलाई मनन गरी असल हुन जरुरी छ।त्यसैले नेताहरुले आफ्ना गुट र उपगुटगत निहित स्वार्थभन्दा माथि उठेर पार्टी,जनता र राष्ट्रको हितमा निर्णय लिनु नै बुद्धिमता हुनेछ।सबैले आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्न जरुरी छ।

    नेतृत्व कसैले विरासतमा पाएको उपहार होइन,समयअनुसार यो परिवर्तन हुन्छ।मूर्त रुपमा या बुझिने गरी भन्नुपर्दा नेपाल समृद्ध हुने भनेको नेपाली जनतालाई चाहिने सबै कुरा यहाँ उपलब्ध हुनु हो।रुपैयाँ मात्रै भएर देश समृद्ध हुँदैन।शिक्षा उपलब्ध गर्ने शिक्षालयहरु,विश्वविद्यालयहरु नेपालमै हुनु, विदेश पढ्न जानुपर्ने अवस्था नहुनु,स्वास्थ्योपचार गर्ने औषधि र औषधालयहरु, अस्पतालहरु नेपालमै हुनु,औषधि किन्न वा उपचार गर्न बाहिर देश जानुपर्ने अवस्था नहुनु, यात्रा गर्ने बाटाघाटाहरु, हवाइमैदानहरु, रेलवेहरु प्रशस्त हुनु, ढुवानी र सञ्चारका साधन र सुविधा प्रशस्त हुनु, यात्रा गर्ने साधन समेत यहीँ बनिनु या पाइनु, जनताका लागि खाने अन्न उत्पादन प्रशस्त हुनु,लगाउने लुगाफाटो बुन्ने कलकारखानाहरु पनि हुनु र त्यसलाई चाहिने कच्चा पदार्थ पर्याप्त आफ्नै देशमा हुनु,माछामासु जस्ता पदार्थको उत्पादनमा आत्मनिर्भर हुनु,विद्युत उर्जा उत्पादन र वितरणमा सक्षम हुनु, सबै नेपालीका घरघर बिजुलीको सुविधा पुग्नु केही समृद्धताका उदाहरणहरु हुन् । तर,समृद्ध यति भौतिक कुरा मात्र होइन।हामी हाम्रो संस्कृति र परम्पराका कुराहरु,पुरातात्विक कुराहरुका अध्ययनमा कहाँनेर छौँ?हाम्रा कलाहरु,हस्तकला, मूर्तिकला,चित्रकला, सङ्गीतका कुराहरुमा हामी कति समृद्ध छौँ। संसार साहित्य,संस्कृति र कलाका क्षेत्रमा, प्रविधिको विकासका क्षेत्रमा कहाँनिर छ?र हामी कहाँ छौँ?त्यसले पनि हाम्रो समृद्धिलाई प्रभाव पारिरहेको हुन्छ।

    अझ पेट्रोलिय पदार्थको उत्पादनमा हामी कहाँ छौँ?कोइला खानीका कुरा,अन्य धातुहरु सुन, चाँदी,तामा, आलमुनियम लगायत खनिज पदार्थको उपलब्धता र उत्पादनमा हामी कतिको समृद्ध छौँ ?

     

    के माथि चर्चा गरिएका सम्पूर्ण कुराहरु पर्याप्त हुने हो र कुनै देश समृद्ध हुने हो भने त्यस देशका नागरिक सुखी हुन्छन्?सुखी हुनु पर्ने हो,तर त्यतिले मात्र नागरिक सुखी हुँदैनन्।जसरी एउटा व्यक्ति अलवल्य सम्पत्तिको मालिक भएर पनि सुखी नहुन सक्छ।उसको परिवार कस्तो छ?छोराछोरी कस्ता छन्?परिवारिक मेल कस्तो छ?छरछिमेकसँग मेलमिलाप कस्तो छ? राज्यव्यवस्था कस्तो छ?इत्यादि कुराले उसको सुखलाई प्रभावित गर्दछ।समृद्धि भौतिक कुरा हो भने सुख मानसिक,भावनात्मक कुरा हो।त्यसैले सुखी नेपालीका निमित्त पहिलो कुरा समाजमा शान्ति,अमनचैन र विधिमा समाज चल्ने परिपाटी हुनु पर्दछ। राजनीतिक स्थीरता यस निम्ति मूल आवश्यकता हो/

     

    सरकार जनताको संरक्षक जस्तो हुनुपर्छ, कसैको नजिक र कसैसँग दूरत्व राख्ने हुनुहुँदैन/यस देशलाई सधैँ गरिबै राखिराख्न चाहने केहि राजनीतिक शक्ति छ,जो आफू पनि घर बनाउँदैन,अरुलाई पनि घर बनाउन दिँदैन/ऊ आफूबाहेक अरु कसैलाई राम्रो देख्तैन।उसले आफूले राज गर्न पाउनुलाई प्रजातन्त्र र अरु सत्तामा पुग्नु भनेको ‘डिक्टेटर’ भन्ने परिभाषा जानेको छ/उसलाई राष्ट्रवाद पनि आफू सत्तामा हुनु मात्रै हो,लोकतन्त्र पनि आफू सत्तामा हुनु मात्रै हो/यस देशको र यस देशका बासिन्दाको यो हविगत पारेको कसले हो भन्ने कुरा जनताका आँखा सामुन्ने छ तर ऊ यति थेत्तरो छ,कुनै लाज शरम छैन।हेरौँ कहिलेसम्म उसको बुद्धि यही उँधै गति उँधै मति भैरहने हो !

     

    अब्राहम लिंकनको प्रसिद्ध भनाई छ– प्रजातन्त्र भनेको जनताको,जनताको लागि,जनताद्वारा गरिने शासन पद्दती हो।यो भनाई नेपालमा कति लागु भएको छ त लोकतन्त्र दिवसको सन्दर्भमा हामीले अबश्य चिन्तन गर्नु पर्ने अबस्था छ।जनतालाई केन्द्रमा राखेर,जनताको इच्छा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था हो लोकतन्त्र।

     

    सर्वप्रथम यो दिन ल्याई दिने क्रममा शहीद, शहीद परिवार, आन्दोलन दिवसको सुखद् उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु/यस अवसरमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर लोकतन्त्र स्थापनाको सपना देख्नुहुने र तिनै सपनाद्वारा हामीलाई आन्दोलनमा मार्गदर्शनको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर लोकतन्त्र स्थापनाको सपना देख्नुहुने र तिनै सपनाद्वारा हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने वीर शहिदहरुप्रति हार्दिक श्रदाञ्जली,सम्मान व्यक्त गर्दछु।

     

    देश राजतन्त्रात्मक व्यवस्था फालेर लोकतन्त्र र गणतन्त्रतर्फ उन्मुख हुँदै गर्दा न त नागरिकले लोकतन्त्र,गणतन्त्रको अनुभूति गर्न पाए,न त आएको परिवर्तन देख्न पाएका छन् जनताले। जनतालाई नेताहरुले नै लोकतन्त्र र गणतन्त्र आएको आभास दिलाउन सकेका छन्/२००७ सालदेखिको लामो संघर्षको परिणाम थियो,त्यसैले त्यो दिन लोकतन्त्रको घोषणा भयो।नेपाली जनताले लामो समय संघर्ष गरेका थियौं।

     

    अब्राहम लिंकनले भनेका थिए–मलाई रूख ढाल्न ६ घण्टा देउ र म पहिलो चार घण्टा बन्चरो उदाउन लगाउनेछु ।रुख ढाल्ने त अन्तिम बञ्चरोले हो तर तयार गर्न घण्टौं लाग्छ भन्ने आसय हो अब्राहम लिंकनको।

     

    यही बैशाख ११ गते लोकतन्त्र दिवस औपचारिक रुपमा मनाइयो।।निरंकुशता विरुद्धको आन्दोलन तलमाथि उठ्दै,सेलाउँदै ०६२–६३ मा उत्कर्षमा आइपुगेको हो।त्यतिबेला निरंकुशताविरुद्ध सबै राजनीतिक दल एकै ठाउँमा उभिन आइपुगेका थिए।महत्वपूर्ण समयमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको आधार तयार ग¥यौं।

     

    यही आधारमा संविधान बनाएर त्यसलाई कार्यान्वयन गर्दै हामी यो स्थानमा आइपुगेका छौं/संविधान निर्माणमा ३१ वटा राजनीतिक दलको उपस्थिति थियो।त्यसमा निरंकुश पञ्चायतमा काम गरेका,त्यसविरुद्ध लडेका दलहरू र सशस्त्र क्रान्ति नगरी परिवर्तन हुँदैन भन्ने दलहरू एवं एक एक वटा सिट भएका राजनीतिक दलको समेतको उपस्थितिमा नेपालको संविधान–२०७२ बनाइएको हो।राजनीतिक हिसाबले समावेशी थियो त्यो संविधान। संविधानसभाले संविधान नबनाउँदासम्मको यो अवधि साँच्चिकै चुनौतीपूर्ण र अप्ठ्यारो थियो।तर हाम्रा लागि एउटा राम्रो अवसर पनि थियो।नागरिकसँग नेताहरूले बाँडेका थुप्रै सपना र आकांक्षा तामेलीमा थिए त्यसबेला।

     

    अन्ततः हामीले यो 35 वर्षमा गरेका नराम्रा अभ्यासलाई तिलान्जली दिंदै असल समाज र संवृद्ध नेपाल बनाउन सबै पक्ष मिली हातेमालो गर्दै अगाडी बढ्नुको कुनै विकल्प छैन ।

    त्यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्रमा कसैले पनि दुःख पाउँदैनन् भनेर व्याख्या गरिन्थ्यो । संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि हरेक समस्या समाधान भइहाल्छ भन्ने सोच नागरिकमा थियो/नेताहरूले उनीहरूलाई यसैगरी सोच्न र आश गर्न अभ्यस्त बनाएका थिए/नेताहरू स्वयंले समेत आपसमा ठट्टा गर्दा जन्ती र मलामीको व्यवस्था पनि लोकतन्त्रले नै गरिदिन्छ भन्ने गर्थे।लोकतन्त्र, गणतन्त्र,सामाजिक न्याय र समानतामा आधारित समृद्धि सहितको प्रणाली हो/त्यसैले यहाँ महिला,दलित,पछाडि परेका कुनै पनि समुदाय माथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन सक्दैनन्/लोकतन्त्र, गणतन्त्रमा जाति,वर्ण,धर्म वा अरु कुनै पनि आधारमा कसैमाथि पनि असमानता,भेदभाव र छुवाछुतको व्यवहार स्वीकार्य हुन सक्दैन। लोकतन्त्र,गणतन्त्र उन्नत लोकतान्त्रिक संस्कार भएको शासन प्रणाली हो भनिन्छ नै।यहाँ विचारहरूबीच स्वस्थ बहस,मान्यताहरूबीच मर्यादित छलफल र असहमतिहरूको निर्वाध अभिव्यक्तिको प्रत्याभूति हुन्छ।यो व्यवस्थामा घृणा,विद्वेष र विभाजन ग्राह्य हुन सक्दैन।

     

    लोकतन्त्र,गणतन्त्रमा आफ्ना विचारहरू निर्वाध ढङ्गले अभिव्यक्त गर्न पाउने स्वतन्त्रता हुन्छ/डर र त्रास बिना २०४६ र २०६२–६३ को जनआन्दोलनपछिको 35 वर्षमा यो मुलुकमा 23 वटा सरकार बदलिए।६ सय ३ जना त मन्त्री मात्रै भए/ती मन्त्रिपरिषद्माा समेटिएका महिला मन्त्रीको संख्या 42 मात्रै छ/आदिवासी जनजाति,दलित,मधेसी र अल्पसंख्यक समुदायको उपस्थित महिलाको भन्दा अझै न्यून छ।राज्य र राजनीतिक दलको संरचना पनि समावेशी छैन।न्यायालयमा समेत राजनीतिक भागबन्डाका आधारमा नियुक्ति दिने प्रचलनको सुरुवात यही लोकतन्त्र,गणतन्त्रमा भयो भने मुलुकका लागि केही गरौं भनेर संघर्ष गरेकालाई उपेक्षा गर्दै आफ्ना र नजिकका नातेदारलाई काखी च्याप्ने प्रवृत्ति यो 35 वर्षमा सबैभन्दा धेरै मौलायो ।

     

    संघीय लोकतान्त्रिक गणतन्त्रकालीन पुराना वर्षहरूका सत्ता बनाउने र ढलाउने राजनीतिक खेल निकै भयो। ९÷९ महिनामै पनि सरकार ढाल्ने र लामो समयसम्म कामचलाउ सरकारले शासन गर्ने परिस्थिति बन्यो।नयाँ प्रधानमन्त्रीको उम्मेदवार तय नहुँदै बहालवाला प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव तयार पारेर बस्थे नेताहरू।राजनीतिक उतारचढाव र नागरिकको दिनचर्याबीच तालमेल नहुँदा तल्लो तहमा निराशा भने बढ्दै गइरह्यो।आर्थिक, सामाजिक,सांस्कृतिक पुनस्संरचनाका विषयमा दलहरूको संवाद शून्यप्रायः रह्यो।

     

    लोकतन्त्र,गणतन्त्र ल्याउने महान् काम त हामीबाट भयो,तर लोकतन्त्रलाई संस्थागत गर्न,आर्थिक, सामाजिक,सांस्कृतिक पुनस्संरचना गर्नुपथ्र्यो,त्यो नहुँदा लोकतन्त्र लडखडाए जस्तै देखिएको छ । संविधानको अन्तरवस्तुमा विशेषगरी मधेसी र महिलाको विषय अन्तरिम संविधानभन्दा पछि धकेलिएको जस्तो देखियो।समानताको कुरा उठाउनेहरूलाई धेरै ट्याउँट्याउँ नगर्नू भन्ने जवाफ दिइयो।

     

    परिवर्तनले हामीलाई रैतीबाट बदलेर नागरिक त बनायो तर गणतन्त्रले खोजेको जस्तो परिवर्तन देशमा भएन । नागरिकलाई समानताको नजरले हेरिएन र महिला माथिको हिंसा बढेको बढ्यै भयो।लोकतन्त्र, गणतन्त्रले दिएको कानुनी अधिकार पनि केही व्यक्तिका लागि जस्तो मात्रै भयो/सामाजिक रूपान्तरण प्रक्रिया नै सुरु नभएको अवस्था छ अहिले।

     

    नागरिकले यो परिवर्तन मेरो हो भन्ने वातावरण नै बन्न सकेको छैन। संविधानमा लेखिएको समानताबारे समेत सबैले आ–आफ्नो किसिमले व्याख्या गरिरहेका छन्। विकासलाई सोच बनाउने कुरामा अब हाम्रो लगानी हुन जरुरी छ।कमजोरीका बाबजुद महत्वपूर्ण विषयमा साझा बिन्दु बनाएर अगाडि बढ्नुको बिकल्प छैन।केही दलहरूको असन्तुष्टि स्वाभाविक छ।हामी सबैले ती असन्तुष्टिलाई सम्मान गर्नुपर्छ।

     

    आवश्यकता भनेको यसलाई व्यवहारमा अनुभूत हुने ढंगले कार्यान्वयन गर्न सक्नुपर्छ।कार्यान्वयन गर्ने सन्दर्भमा चुनौती छन्।संविधानले सबै कुरा गर्छ तर बुद्धि, विवेकको क्षमता बाँड्दैन।हामीले बुद्धि, विवेकको क्षमता देखाउन सक्नुपर्छ । प्रत्येक विषयलाई कोट्याएर छलफल गर्दै अगाडि बढ्न सक्नु पर्दछ।जनताका बीचमा निराशा बाँड्ने काम हामी नगरौं।भएका राम्रा कुरा जनताका बीचमा राख्ने गरौं।व्यक्तिभन्दा पार्टी ठूलो र पार्टीभन्दा देश र जनता ठूला हुन् भन्ने मान्यता स्थापित गर्न तिर लागौं/हामीले चाहेको जति सबै गर्न सकेका छैनौं।

     

    लोकतन्त्र,गणतन्त्र नयाँ कुरा हो,हाम्रो लागि नौलो अनुभव पनि हो। त्यसैले अनुभूत हुने ढंगले हामीले समावेशितालाई व्यवहारमा उतार्न सक्नु पर्दछ।संबिधानले ग्यारेन्टी गरेको अनगिन्ती बिषय व्यवहारमा जनताले अनुभूत गर्ने स्थिति बनिसकेको छैन। त्यसमा हामीले गम्भीरतापूर्वक अनुभूत गर्दै अगाडि बढ्नुपर्छ। लोकतन्त्र,गणतन्त्रात्मक शासन प्रणाली संस्थागत हुन,सुदृढ बन्न र त्यसले परिणाम दिन समय लागेको भए पनि क्रमशः परिपक्वतातिर सबै मिली लानु पर्दछ । जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन,सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्छ नै। प्रणाली विकासका क्रममा साना तिना कमीहरू देखा पर्न पनि सक्छन्।तर,कुनै पनि कोणबाट लोकतन्त्र, गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने कार्यहरु हामीले कदापी गर्नु हुँदैन।8हामी अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर बढाउन सक्नु पर्दछ ।

     

    लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन हामीले सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाउन सक्नु पर्दछ । उत्पादनको न्यायोचित वितरण र न्यायपूर्ण प्रबन्ध जरुरी छ। शिक्षा,स्वास्थ्य जस्ता आधारभूत विषयमा जनताको पहुँच आवश्यक छ।श्रम गर्न सक्नेका लागि रोजगारीको प्रबन्ध र श्रम गर्न नसक्नेका लागि फराकिलो सामाजिक सुरक्षाको जरुरी छ।यसका लागि अधिकार,अवसर, सुरक्षा र सम्मानमा सबैलाई समान व्यवहार गरिने कुरा सुनिश्चित हुन जरुरी छ।अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले नै लोकतन्त्र, गणतन्त्रलाई सफल र सार्थक बनाउँछ/

     

    विगतका अलोकतान्त्रिक शासन प्रणालीहरूका कारण क्षति हुन गएको, सुस्ताएको हाम्रो विकास यात्रा,ओझेलमा परेका समृद्धिका आकाङ्क्क्षाहरू र कमजोर बन्न पुगेको राष्ट्रिय स्वाभिमानलाई माथी पु¥याउन सरकार, नागरिक र सबैको ध्यान जान जरुरी छ।कुनै पनि कोणबाट लोकतन्त्र, गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने चेष्टाहरू अवश्य नै अनुचित हुन्। इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि सक्दैन। हामी अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर अगाडि बढ्न सक्नु पर्दछ । अन्ततः हामीले यो 35 वर्षमा गरेका नराम्रा अभ्यासलाई तिलान्जली दिंदै असल समाज र संवृद्ध नेपाल बनाउन सबै पक्ष मिली हातेमालो गर्दै अगाडी बढ्नुको कुनै विकल्प छैन।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij