Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २६.१६ अकंले घट्यो


  • मंगलबार, बैशाख १५ २०८३

  • नेप्से २६.१६ अकंले घट्यो

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१६ अकंले घटेर २७७०.२६ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीको १ करोड ४० लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँको कारोबार भएको हो ।

    त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.१४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक घटेको छ। यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक विकास बैंकको १.२२ प्रतिशत। होटल तथा पर्यटन समूहको २.५६ प्रतिशत, हाइड्रोपावर समूहको १.७४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    मंगलबार ४२ कम्पनीको शेयर मूल्य बढेको भने २१३ कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । कारोबार रकमका आधारमा यस दिन पाल्पा सिमेन्टकाे सबैभन्दा धेरै रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ्ग मिल्सको ३४ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij