काठमाडौं – साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ को बिन्दुमा कायम भएको छ । आज विभिन्न सेक्टरका ३६४ वटा कम्पनीहरुको ६ करोड १४ लाख सात हजार कित्ता शेयर खरिदबिक्री भएर २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ९६ लाख माथिको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ७७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ७५ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
