Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ३२ अंकले घट्यो


  • मंगलबार, फाल्गुन २६ २०८२

  • नेप्से ३२ अंकले घट्यो

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.०८ अकंले घटेर २८४३.३५ बिन्दुमा कायम भएको छ । आज कारोबार रकम भने निकै उच्च हुन पुगेको छ । लगानीकर्ता शेयर खरिद गर्दै भित्रिनेको संख्या बढ्दै गएको देखिएको हो । आज ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५० करोड २० लाख रुपैयाँको कारोबार भएको हो ।

    यसदिन १० उपसूचक राताम्य बनेका छन् । आज फाइनान्स समूहको २.०६ प्रतिशत, विकास बैंक समूहको १.१६ प्रतिशत, वाणिज्य बैंक समूहको १.२७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    मंगलबार ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ । ५ कम्पनीको भने स्थिर रहेको हो । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij