काठमाडौं – साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० को विन्दुमा झरेको छ। यस दिन ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँमाथिको शेयर किनबेच भएको छ।
आज ट्रेडिङ उपसूचक बाहेक अन्य १२ वटै उपसूचकमा गिरवाट देखिएको छ। आज होटल तथा पर्यटन उपसूचक सबैभन्दा धेरै १.७५ प्रतिशतले र हाइड्रोपावर उपसूचक १.३६ प्रतिशतले घटेको छ। ट्रेडिङ उपसूचक भने ०.५५ प्रतिशतले वृद्धि भएको छ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ५३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
