Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मूल्य बनायो नयाँ रेकर्ड


  • बुधबार, पुष ३० २०८२

  • सुनचाँदीको मूल्य बनायो नयाँ रेकर्ड

    काठमाडौं– नेपाली बजारमा पुस ३० गते, बुधबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला एक हजार ५०० रुपैयाँ र चाँदीको मूल्यले तोलामा ३१५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको हो ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३१५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij