Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा दोहोरो अंकको गिरावट


  • बिहिबार, पुष १७ २०८२

  • शेयर बजारमा दोहोरो अंकको गिरावट

    काठमाडौं– साताको अन्तिम कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १२.८३ अंकले घटेर २ हजार ६२०.९२ विन्दुमा सीमित बनेको छ ।  आज ३३६ कम्पनीको १ करोड १ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

    यसदिन १२ उपसूचक राताम्य भइरहेको छ । आज वाणिज्य बैंक समूहको ०.६४ प्रतिशत, विकास बैंक समूहको ०.४७ प्रतिशत, फाइनान्स समूहको ०.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    बिहिबार ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८९ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij