Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा झिनो गिरावट


  • बिहिबार, मंसिर २५ २०८२

  • शेयर बजारमा झिनो गिरावट

    काठमाडौं–  साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६६ अकंले घटेर २६०७.३७ बिन्दुमा कायम भएको छ । ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको हो ।

    १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। बिहीबार  ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको घटेको हो ।

    बिहीबार नेप्से परिसूचक १.६६ अंक घटेर २६०७.३७ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ।

    आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ९७ लाख रुपैयााको शेयर कारोबार भएको छ । श्रीनगरको १२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij