काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.५३ अकंले घटेर २६४४.७० बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोडको शेयर कारोबार भएको हो ।
यसदिन पाँच उपसूचक घटेका छन् भने ८ उपसूचकमा भने हरियाली आएको छ । मंगलबार १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११९ कम्पनीको घटेको छ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २२ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
