Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्सेमा झिनो अंकको गिरावट


  • बिहिबार, मंसिर ४ २०८२

  • नेप्सेमा झिनो अंकको गिरावट

    काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.९३ अकंले घटेर २५६०.१५ बिन्द भएको छ । आज ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

    बिहिबार ७ कम्पनीको शेयर मूल्य घटेको छ । आज वाणिज्य बैंक समूहको ०.३४ प्रतिशत, विकास बैंक समूहको ०.०८ प्रतिशत, फाइनान्स समूहको ०.७१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५२ प्रतिशत र जीवन बीमा समूहको ०.०६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

    यसदिन ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य आज स्थिर रहेको हो ।

    आज सबैभन्दा धेरै साहस उर्जाको कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij