काठमाडौं – कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने करसमेत गरी ९.७५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ।
यी निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब बस्ने साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
