Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा दोहोरो अंकको वृद्धि


  • बुधबार, कार्तिक १९ २०८२

  • शेयर बजारमा दोहोरो अंकको वृद्धि

    काठमाडौं – साता कारोबारको चौथोे दिन अर्थात बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१७ अकंले बढेर २६०७.४२ बिन्दुमा कायम भएको छ । आज३१२ कम्पनीको ९२ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँको कारोबार भएको हो ।

    यसदिन, ११ उपसूचकमा हरियाली देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.५६ प्रतिशत, विकास बैंक समूहको ०.०८ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    बुधबार १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्यमा भने स्थिर देखिएको छ ।

    आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij