काठमाडौं – सर्वोच्च अदालतले सरकारले फिर्ता बोलाएको ११ देशका राजदुतलाई फिर्ता नगर्न सरकारको नाममा आदेश जारी गरेको छ । लक्ष्मीप्रसाद रेग्मीले दायर गरेको रिटमा न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश जारी गरेका हुन । सर्वोच्चले फिर्ता गर्नु पर्ने कारण उल्लेख नभएको र नयाँ नियुक्ति सम्बन्धमा पनि कुनै काम नभएको भन्दै कार्यान्वयन नगर्न आदेश दिएको हो । निर्वाचन प्रयोजनको लागी बनेको सरकारलाई सर्वोच्चले आफ्नो सिमा सम्झाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
