काठमाडौं – काठमाडौ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको निलम्बन यथावत भएको छ । निलम्बन विरुद्धको निवेदन उच्च अदालतले खारेज गरे पछि उनी पुन : निलम्बनमा परेका छन । महानगरका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईले पाण्डेलाई निलम्बन गरेका थिए । अदालतले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरेको आदेश खारेज गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
