काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१७ अकंले घटेर २५६६.१६ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड १५ लाख १ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ९ उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.३४ प्रतिशत, विकास बैंक समूहको ०.९१ प्रतिशत र फाइनान्स समूहको ०.७७ प्रतिशतले शेयर मूल्य घटेकोे छ ।
बुधबार ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
