काठमाडौं -साता कारोबारको पहिलो दिन आइतबार नेप्से १६.६७ अंकले बढेर २,५०३ को विन्दुमा कायम भएको हो । आज विकास बैंक उपसूचक, म्यूचअल फण्ड र ननलाइफ इन्स्योरेन्स उपसूचकबाहेक अन्य सम्पूर्ण सूचकमा हरियाली छाएको छ । आज १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२३ कम्पनीको ६१ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
