काठमाडौं– नेपाली बजारमा असोज ३० गते सुनको मूल्य बढेर रेकर्ड ब्रेक गरेको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रति तोलामा ३५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा किनबेच भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
