Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड


  • मंगलबार, असोज २८ २०८२

  • सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

    काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएर रेकर्ड ब्रेक गरेको छ । आज सुनको मूल्य प्रतितोला ८ हजार ५०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । पछिल्लो समय सुनचाँदीको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढिरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । सोमबार छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

    आज चाँदीको मूल्य भने तोलामा १०५ रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij