लोभी र अन्धो धृतराष्ट्र र विवेक शुन्य मुर्ख दुर्योधन र कपटी मामा सकुनीले गर्दा महाभारतको युद्ध भयो।महाभारत युद्धमा ३० लाख मान्छे र एकलाख घोडा हात्ती मारियो भनिन्छ/क्षती त कती ? कती ?
अन्धो धृतराष्ट्रलाई दुर्योधन विवेक शुन्य र मूर्ख छ भन्ने थाहा थियो। धृतराष्ट्रलाई महाभारतको युद्ध हारिन्छ भन्ने थाहा हुँदा हुँदै पनि चरम लोभ थियो।धृतराष्ट्रको चरम लोभ कै कारण मूर्ख र विवेक शुन्य दुर्योधनलाई युद्ध रोक्न र पाण्डवलाई सानो जग्गा जमिन दिन मानेनन्।यसको कारण धृतराष्ट्रको चरम लोभ थियो।अरुलाई देनै हुन्न भन्ने लोभ थियो।धृतराष्ट्रलाई युधिष्टिर र पाण्डबहरु सञ्जन छ्न र सत्यवादी छन् भन्ने थाहा थियो। तर पनि धृतराष्ट्रको चरम लोभले गर्दा धृतराष्ट्रले सहि निर्णय लिएनन्।
अन्तत अन्धो,लोभी धृतराष्ट्र र दुर्योधनहरुको कन्थ विजोग भयो।समाप्तै भए।सत्यको जित भयो।धृतराष्ट्रते चरम लोभ नगरेको भए महाभारतको युद्ध टर्ने थियो।लाखौँ लाख मानिस जनावर मर्ने थिएन।अहिले सबै पार्टीको मूख्य नेतृत्व महाभारतको धृतराष्ट्र जस्तै अन्धो र चरम लोभ गरिरहेछन्।अन्तत सकिन्छन्।
यत्रो ठूलो Gen Z को आन्दोलनको भावना,मर्म,संदेश नबुझ्ने हरेक पार्टीका चरम लोभी बर्तमान मूख्य नेतृत्वलाई भेटेर महाभारतको पूर्ण सार पढाईदिन आग्रह गर्दछु/
संस्थापनपक्ष अहिले कै मुख्य नेतृत्वलाई कायम राखेर जान सकियो भने आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो राजनीतिक सुरक्षा पनि हुने र भने बमोजिम निर्वाचनमा टिकट वितरण गर्न पनि पाइने मुख्य रणनीति बनाएको देखिन्छ।नियमित महाधिवेशन वा विशेष महाधिवेशन रोक्न भरमग्दुर लाग्नु भएको छ/
पार्टी विभाजनका लागि होइन,विषम राजनीतिक परिस्थितिमा पार्टीले कस्तो बाटो लिने र Gen Z आन्दोलनको माग र आकांक्षालाई कसरी सम्वोधन गर्ने ?कस्तो नेतृत्व अगाडि सार्ने भन्ने बिषयमा छलफल,नियमित महाधिवेशन वा विशेष महाधिवेशनका कुरा गरेका हौं।
कार्यकर्ताले जनतासामु जवाफ दिन सक्ने गरी अगाडिको बाटो तय गर्नुपर्छ।हाम्रा नीति र निर्णयले यो अवस्था आएको हो कि?हामी आफैँ जिम्मेवार छौं कि?यावत् बिषयमा छलफल आवश्यक छ।
अहिलेको राष्ट्रिय परिस्थिति, भ्रष्ट्राचार र कुशासनको प्रश्न छन्। लोकतन्त्र र संविधान रक्षा गर्न नसकेको भनेर हामीमाथि प्रश्न छ। यी लगायतका विषयमा छलफल आवश्यक छ/
देशले ठूलो मूल्य चुकाएर दुई हप्ता अघि मात्रै दिएको प्रस्ट सन्देश समेत ठम्याउन नसक्ने मुख्य नेताहरू पार्टीसत्ता र राज्यसत्ताको नेतृत्व गर्न नैतिक रूपमा योग्य छैनन्।असान्दर्भिक भइसकेका मुख्य नेताहरू र तिनीहरूले बहन गरिराखेको प्रवृत्तिलाई निस्तेज तुल्याउन हरेक पार्टी भित्र अग्रसरता आवश्यक छ।हस्तक्षेप अनिवार्य छ।
अब मुख्य नेताहरूप्रति न समाजमा आकर्षण बाँकी छ,न उनीहरूबाट मुलुकले कुनै गुणस्तरीय उपलब्धि हासिल गर्ला भनेर विश्वास गर्न सकिने आधार छ।Gen Z को हालैको ठूलो आन्दोलनले अस्वीकृत गरिदिएपछि मुख्य नेताहरूले विश्राम लिनुपर्ने हो।तर पदाशक्ति छाड्न सकेका छैनन्/
यति बेला परम्परागत पार्टीका मुख्य नेताहरूले नेतृत्व गर्ने नैतिक आधार गुमाएका छन्।अब पनि मुख्य नेताहरू नेतृत्वमा निरन्तर रहन खोज्ने हो भने ठूलो आन्दोलनलाई अस्वीकार गरेको अर्थ लाग्छ।त्यसैले पनि मुख्य नेताहरूले पदमा रहने प्रयत्न गर्नु हुँदैन।पार्टीभित्र विभिन्न स्वार्थ राखेर मुख्य नेतृत्वमा निरन्तरता दिनका लागि हुने वकालतबाट प्रभावित हुनु हुँदैन।
यदि उनीहरू अझै पनि मुख्य नेतृत्वमा रहिरहने प्रयत्न र रणनीति अख्तियार गर्छन् भने त्यसले अन्ततः लोकतन्त्रलाई नै क्षति गर्छ।राजनीतिक दलको मुख्य नेतृत्व गतिशील र समयानुकूल भयो भने मात्रै लोकतन्त्र पनि गतिशील हुन सक्छ/
सानो सल्लाह पुःन लेखें।
१.
यत्रो जन धनको क्षती समेत भएको युवाहरुको आन्दोलनको संकेत र संदेश हामीले भुल्नु हुँदैन।
२.
यो चुनाब हुने ६ महिना भित्र नयाँ नयाँ घटना उत्पन्न हुन सक्छ। त्यसले अर्को ठूलो क्षती निम्त्याउन सक्छ।तसर्थ यस्तो अवस्था न्युनिकरण गर्न कांग्रेसले GenZ आन्दोलनको आवाज,संदेश बोलिरहनु पर्दछ।
३.
६ महिनामा चुनाब हुन पनि सक्छ,नहुन पनि सक्छ। संविधानमा केहि क्षती भएको छ। मुलुकलाई Track मा ल्याउन चुनाब मार्फत जन-निर्वाचित संसद चाँडो चाँडो स्थापना गर्न हामी लाग्नु पर्दछ।
4.
केहि साथीहरु संसद पुःन स्थापना गर्नु पर्दछ भन्दै हिंडेको अवस्थामा हामी संसद पुःन स्थापना तर्फ लाग्नु हुँदैन किनकी यो संसद पुःन स्थापना GenZ,Army,राष्ट्रपती र नयाँ प्रधानमन्त्री विच भएको संझौता हो।यो आन्दोलनरत पक्ष र राज्य विचको अन्तरीम संझौता हो।यो भङ्ग भयो भने संविधान निस्तेज हुन सक्छ/यो संझौताले संविधान पूर्ण रूपमा निस्तेज हुन रोकेको छ।अब संसद पुःन स्थापना भन्न पटी लागियो वा भयो भने यसले GenZ,Army,राष्ट्रपती र नयाँ प्रधानमन्त्री विच भएको अन्तरीम संझौता पूर्ण भङ्ग हुन्छ।फेरी काटमार बढ्ने देखिन्छ/
5.
Gen Z को यत्रो आन्दोलन पछि पनि यिनै असफल जवरजस्त नेतृत्व लिएर चुनाबमा जान यस्तो विवेक,नैतिकता र स्वामीमानले दिँदैन।
6.
अब स्वाभीमान बोल्ने बेला आयो, विवेक बोल्ने बेला आयो।हरेकले नेतृत्व परिवर्तनको पार्टी भित्रै आवाज उठाऔं।आवश्यक परे विद्रोह गरौँ!
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
