काठमाडौं – साताको दोस्रो कारोबारका दिन आज शेयर बजारमा दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९१ अकंले बढेर २७६२.७४ बिन्दुमा कायम भएको छ । सोमबार १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०६ कम्पनीको घटेको छ । दुई कम्पनिको शेयर मुल्य भने स्थिर रहेको छ ।
आज ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १० करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ वटा उपसूचकमा सुधार देखिएको छ । आज वाणिज्य बैंक समूहको १.६२ प्रतिशत, विकास बैंक समूहको ०.७५ प्रतिशत, फाइनान्स समूूहको ०.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
