Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने अवधि लम्बियो


  • सोमबार, भाद्र २ २०८२

  • एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने अवधि लम्बियो

    काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडले साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बिएको छ।

    सो योजनाको इकाई खरिदका लागि अब भदौ १२ गतेसम्म आवेदन दिन सकिने भएको छ। एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना एक खुलामुखि योजना हो।

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याएको हो। क्यापिटलले १० करोड इकाईमध्ये बीज पूँजीबापट कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँबराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।

    उक्त योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

    बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५० करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।

    म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कोष प्रबर्द्धकलाई आईआरएन ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने इक्रा नेपालले योजना व्यवस्थापकलाई केयरएनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ।

    योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij