Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से परिसूचक २६. २२ अंकले घट्यो


  • मंगलबार, साउन २७ २०८२

  • नेप्से परिसूचक २६. २२ अंकले घट्यो

    काठमाडौं – आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेप्से परिसूचक २६. २२ अंकले घटेर २,७९६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड माथिको शेयर कारोबार भएको छ ।

    आज २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ । आज सर्वाधिक शेयर मूल्य घट्नेमा माइक्रोफाइनान्स रहेको छ । लघुवित्तको शेयर मूूल्य १.५८ प्रतिशतले घटेको हो । साथै, फाइनान्स समूहको १.२५ प्रतिशत, हाइड्रोपावर समूहको १.१७ प्रतिशत, वाणिज्य बैंक समूहको ०.९१ प्रतिशत र विकास बैंक समूहको ०.५८ प्रतिशतले शेयर मूल्य घटेको हो ।

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २६ करोड ७७ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij