Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकारहरु नियुक्तिको दौडधुपमा, यत्र, तत्र, सर्वत्र धर्मेन्द्र झाको दाबी


  • शनिबार, साउन २४ २०८२

  • पत्रकारहरु नियुक्तिको दौडधुपमा, यत्र, तत्र, सर्वत्र धर्मेन्द्र झाको दाबी

    काठमाडौं – संचारसंग सम्बद्ध केहि निकायहरूमा पदाधिकारीहरु रिक्त हुने भए पछि नियुक्तिका लागी पत्रकारहरुको सक्रियता बढेको छ । प्रेस काउन्सिल नेपालमा अध्यक्ष पद रिक्त भैसकेको छ भने गोरखापत्र संस्थानमा कार्यकारी अध्यक्ष र महाप्रबन्धक खाली हुँदै छ । त्यस्तै राष्ट्रिय समाचार समितिमा महाप्रबन्धक खाली छ भने कार्यकारी अध्यक्ष खाली हुने क्रममा छ ।

    ती निकायमा नियुक्ति पाउँनका लागी पत्रकाहरु यतिवेला दौडधुप गरिरहेका छन । पत्रकारहरुको पहिलो रोजाई प्रेस काउन्सिल नेपाल देखिएको छ । काउन्सिल अध्यक्ष बन्नकालागी करिव एक दर्जन पत्रकार दौडधुपमा देखिन्छन । उनीहरुले काउन्सिल पुगेर आफ्ना कागजपत्र समेत दर्ता गराएका छन ।

     

    काउन्सिल अध्यक्ष बन्नका लागी निर्वतमान अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय समाचार समितिका बहालवाला कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, नेपाल टेलिभिजनका निर्वतमान कार्यकारी अध्यक्ष समिरजंग शाह, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी, नेपाल पत्रकार महासंघकी निर्वतमान कार्यवहाक अध्यक्ष वाला अधिकारी, पत्रकारहरु गोपाल खनाल, एकराज पाठक र दीपक पाठक लगाएत दौडधुपमा छन ।

    संचार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँन स्वतन्त्र र स्वायत्त निकायका रूपमा मिडिया काउन्सील स्थापना गरी वर्तमान प्रेस काउन्सिल नेपाललाई विस्तापित गर्ने उदेश्यले संसद्को अघिल्लो कार्यकाल देखि विध्येक विचारिधीन रहेको अवस्थामा मौजुदा काउन्सीलमै नियुक्तिका लागी पत्रकाहरु दौडधुप गरिरहेका छन ।

    मिडिया काउन्सिल विध्येयक अहिले संसद्को विषयगत समितिमा छलफलका क्रममा छ । प्रस्तावित विध्येयकमा काउन्सीलको स्वतन्त्रता र स्वायत्तताको विषयलाई ठाडै अस्विकार गरिएको छ ।

    नियुक्तिको दौडमा सबै भन्दा अघि धमेन्द्र झा देखिएका छन । राष्ट्रिय समाचार समितिमा कार्यकारी अध्यक्षको समयावधी बाँकी छदै उनी काउन्सील अध्यक्ष बन्न दौडिएका छन । केहिगरी काउन्सील अध्यक्ष कांग्रेसको भागमा परेन भने गोरखा पत्र संस्थानको कार्यकारी अध्यक्ष झाको दोस्रो रोजाई हो । त्यता पनि सम्भव नभए राससमै निरन्तरता उनको तेस्रो रोजाई हो ।

    मागेरै भए पनि केन्द्रिय स्तर देखि वडा तह सम्मका पुरस्कार र सम्मानले शुसोभित भैसकेका उनीसंग उच्च देखि प्रशिक्षार्थी तह सम्म सहभागी हुने वैदेशिक भ्रमणको अनुभव छ । नेपालका साना ठूला सबैखाले एनजीओका काम गरिसकेका झा तीसौ वर्ष देखि काठमाडौं मै बसेर मधेशको खास प्रतिनिधि पात्रका रूपमा स्थापित छन ।

    दोस्रो नम्बरमा काउन्सिलकै निवर्तमान अध्यक्ष बालकृष्ण बस्नेत देखिएका छन । केहि समय अघि उनको नाम मन्त्रीपरिषदमै पुगेर पनि निर्णय नभई फिर्ता भएको हो ।

    बस्नेतलाई काउन्सिल अध्यक्ष दोहोऱ्याउन प्रधानमन्त्री केपी शर्मा ओली कहाँ सार्वजनिक प्रशारण संस्थाका अध्यक्ष डा. महेन्द्र विष्टले लगेका थिए । संचारमन्त्री पृथ्वी सुब्बा गुरुङ सहित भएको भेटमा प्रधानमन्त्री ओलीले बस्नेतलाई अध्यक्ष बनाउँने आफ्नो निर्णय सुनाए । मन्त्री गुरुङले प्रधानमन्त्री ओलीलाई सोधे – ‘प्रधानमन्त्रीज्यू, अध्यक्ष उहाँलाई नै बनाउँने हो कि फेरि अर्को नाम दिनु हुन्छ ?’ प्रधानमन्त्रीले भने – ‘मैले अर्को नाम नभन्दा सम्म उहाँ नै हो ।’

    बस्नेतको नाम मन्त्रीपरिषद्‌मा पुगेर पनि फिर्ता भयो । कांग्रेस मन्त्रीहरुले संचारका नियुक्तिको भागवण्डा टुङ्ग्याएर मात्रै नियुक्ति गर्नु पर्ने भनेकाले बस्नेतको नाम फिर्ता भएको भनिए पनि भित्री कुरा अर्कै थियो । प्रधानमन्त्रीको कानमा कसैले महेन्द्र विष्टको सिफारिसमा बस्नेतलाई नियुक्त गर्न नहुने सल्लाह दिएको थियो । बिष्ट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट रहेको कुरा प्रधानमन्त्री ओलीलाई सुनाएकाले ओली झस्किएका थिए । विष्टले भण्डारीको भाषण लेख्ने देखि प्रेस विज्ञप्ती तयार पार्ने सम्मको काम गर्ने गरेको ओलीलाई सुनाए पछि बस्नेतको सम्भावना कमजोर बनेको बताइन्छ ।

    काउन्सिल अध्यक्षमा चर्चामा आएका नामहरूमा बाला अधिकारी पत्रकार महासंघको निर्वाचन सफल पारेको महिला पात्र हुन भने एकराज पाठक राससका अनुभवी पत्रकार हुन । गोपाल खनाल परराष्ट्र मामिलामा पनि विशेष गरी भारत विज्ञ हुन । समिरजंग शाह नेपाल टेलिभिजनका निर्वतमान कार्यकारी अध्यक्ष हुन । अखण्ड भण्डारी अन्नपूर्ण पोष्टका सम्पादक हुन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij