Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखामा पार्क भत्काउँन यसरी आएका थिए औजार सहित मानिसहरु (हेर्नुस भिडियो)


  • मंगलबार, साउन ६ २०८२

  • टोखामा पार्क भत्काउँन यसरी आएका थिए औजार सहित मानिसहरु (हेर्नुस भिडियो)

    काठमाडौं – गत विहिवार टोखा नगर पालिकामा निर्माण गरिएको पार्क भत्काउन विस जना भन्दा बढी संलग्न भएको पाइएको छ । दुर्गानन्द यादव र उनको छोराको योजनामा मध्यराति १ बजे तीन वटा गाढी र एउटा मोटर साइकलको प्रयोग गरी हात हतियार सहित मानिसहरु आएर तोडफोड गरेको सिसिटिभि फुटेजमा देखिन्छ ।

    सुरुमा यादवको सेतो गाढी आउँछ । त्यो गाढी यादवको हो । त्यस पछि टोखाको झण्डा चोकमा दुईवटा गाठीमा मानिसहरू आउँछन । सँगै मोटर साइकलमा आएको अर्को केहि निर्देशन दिन्छन । त्यति नै वेला यादवको गाढी फर्किएर रोकिन्छ ।

    पार्क भत्काउँन करिव २० जननाको टोली अघि बढ्नै लाग्दा मोटर साइकलमा प्रहरीको गस्ती आउँछ । त्यस पछि त्यो समूह सामान्य जस्तै बन्दछन । प्रहरी अघि बढे पछि उनीहरुले पार्क तर्फ अघि बढेर आक्रमण गर्दछन । घटनाको प्रहरीले अनुशन्धान गरिरहेको छ भने दुई जना पक्राउ परेका छन । मोटर साइकलमा संगै आएर निर्देशन दिने र भत्काउँन संलग्न हुनेहरु पक्राउ परेका छैनन ।

    भिडियो हेर्न यहाँ CLICK गर्नुहोस

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij