Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा सामान्य बृद्धि


  • आइतबार, असार २२ २०८२

  • शेयर बजारमा सामान्य बृद्धि

    काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.७५ अकंले बढेर २७०७.७२ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको हो ।

    आज फाइनान्स कम्पनीको शेयर मूल्य सर्वाधिक बढेको छ । फाइनान्स समूहको शेयर २.१६ प्रतिशतले बढेको हो । साथै, अन्य समूह अन्तर्गतको ३.०९ प्रतिशतले शेयर मूल्य बढेको हो ।यता, सर्वाधिक घट्नेमा आज विकास बैंक रहेको छ । बैंकको मूल्य १.४९ प्रतिशतले बढेको हो ।

    आज ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij