Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा दोहोरो अंकको बृद्धि


  • बुधबार, असार १८ २०८२

  • शेयर बजारमा दोहोरो अंकको बृद्धि

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)आज शेयर बजार नेप्से परिसूचक ३४.४२ अंकले बढेर २,६९४ को विन्दुमा कायम भएको छ । आज ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको कारोेबार भएको छ ।

    आज १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६५ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज जीवन बीमा समूहको २.८५ प्रतिशत, फाइनान्स समूहको २.१७ प्रतिशत, बैंकिङ समूहको १.३९ प्रतिशत, विकास बैक समूहको १.९३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
    आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    उच्च कारोबार भएका १० कम्पनी

    • एनआरएन इन्फ्रास्ट्रक्चरः ५५ करोड ५३ लाख रुपैयाँ
    • साहास ऊर्जाः ४९ करोड ४१ लाख रुपैयाँ
    • सप्तकोशी डेभलपमेन्ट बैंकः ३५ करोड रुपैयाँ
    • लक्ष्मी सनराइज बैंकको संस्थापक शेयरः २९ करोड ६७ लाख रुपैयाँ
    • बुटवल पावरः २८ करोड ७५ लाख रुपैयाँ
    • राधी विद्युतः २७ करोड ५ लाख रुपैयाँ
    • ङादी ग्रुप पावरः २५ करोड २२ लाख रुपैयाँ
    • सानिमा माई हाइड्रोपावरः २३ करोड ७१ लाख रुपैयाँ
    • युनियन हाइड्रोपावरः २० करोड ५१ लाख रुपैयाँ
    • सीईडीबी होल्डिङ्सः १९ करोड ६२ लाख रुपैयाँ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij