काठमाडौं – साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ० दशलमव २२ अंकले घटेर २,६०० को विन्दुमा कायम भएको छ ।
मंगलबार कारोबार भएका ३१६ वटा कम्पनीहरुको एक करोड ३८ लाख १८ हजार कित्ता शेयर खरिद–बिक्री भएर पाँच अर्ब ७६ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज बैंकिङ्ग, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स लगायतका इन्डेक्सहरुमा हरियाली छाएको छ । आज १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
