काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १७.४४ अकले बढेर २६९३ .०६ बिन्दुमा पुगेको हो ।
आज दिनभरिमा ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड माथिको शेयर कारोबार भएको छ ।
आज फाइनान्स, जिवन बीमा, माइक्रोफाइनान्स, निर्जिवन बीमा र अन्य समुहका सूचक घटेका छन् भने अरू सबै उपसमुह बढेका छन् । बजार बढ्दा ९ वटा उपसमूह बढेका छन् भने ४ वटा घटेको छ। यो दिन बैंकिङ सेक्टर सर्वाधिक १.८८ प्रतिशतले बढ्दा लघुवित्त र निर्जीवन बीमा समूह सर्वाधिक ०.२६ प्रतिशतले घटेका छन्।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ५ करोड माथिको शेयर कारोबार भउको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
