काठमाडौं – साताको तेस्रो कारोबारबा दिन आज शेयर बजार नेप्से परिसूचक ०.८५ अंकले बढेर २,६७५ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको उपसूचक बाहेक सबैको उपसूचकमा हरीयाली छाएको छ।
आज दिनभरिमा ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
